अमेरिका र बेल्जियमका नागरिक चरेशसहित पक्राउ

images
  • 274
    SHARES
  • श्रावण ११, २०८० बिहीबार
    अमेरिका र बेल्जियमका नागरिक चरेशसहित पक्राउ
    images

     साउन ११-

    काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक चरेशसहित पक्राउ परेका छन्। बुधबार अपराह्न ४ बजे ठमेलको फ्यामेली हाउसबाट दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।

    अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफरलाई पक्राउ गरेको हो। लागुऔषध भएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले उनीहरूलई पक्राउ गरेको हो।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend