१ गाेलले पछि परेकाे नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई हरायाे

images
  • 230
    SHARES
  • श्रावण ११, २०८० बिहीबार
    १ गाेलले पछि परेकाे नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई हरायाे
    images

    फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएकाे छ ।

    आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ गाेलले हरायाे । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशाेआलाले १/१ गाेल गरिन् । अस्ट्रेलियाका लागि इमिली भान एगमन्ड र अलान्ना केन्नेडीले १/१ गाेल गरिन् । एक गाेलले पछि परेकाे नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई ३–२ गाेलले हराएकाे हाे ।

    याे जितसँगै नाइजेरिया २ खेलमा ४ अङ्कका साथ समूह 'बी' को शीर्ष स्थानमा छ । आयोजक अस्ट्रेलिया उति नै खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

    आजै भएको समूह 'ई' काे खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएकाे छ । यस्तै समूह 'ई' कै अर्काे खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गोलको बराबरी खेलेका छन् ।

    आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend