साउन १३
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर, सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताउनुभयो । निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उहाँले परीक्षामा उर्तीण हुन पढनु पर्ने भएकाले कांग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उहाँले बताउनुभयो ।



