नारायणगढ-मुग्लिन सडक अबरुद्ध, कालिखोलामा लेदोसहितको पहिरो

images
  • 140
    SHARES
  • श्रावण १४, २०८० आइतबार
    नारायणगढ-मुग्लिन सडक अबरुद्ध, कालिखोलामा लेदोसहितको पहिरो
    images

    साउन १४-

    पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । गन्तव्यमा हिडेका सवारीसाधन सडकमै रोकिएका छन् ।

    यसअघि शनिवारपनि सोही ठाँउमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend