विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलाे खेलाडी बेन्जिना

images
  • 214
    SHARES
  • श्रावण १४, २०८० आइतबार
    विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलाे खेलाडी बेन्जिना
    images

    माेरक्काेकी डिफेन्डर नुहैला बेन्जिनाले महिला विश्वकप फुटबलमा हिजाब लगाएर इतिहास रचेकी छिन् । माेरक्काेकाे फुटबल क्लबका लागि खेल्ने बेन्जिना कुनै सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियाेगितामा हिजाब लगाउने पहिलाे खेलाडी बनेकी छिन् ।

    २५ वर्षीया बेन्जिनाले दक्षिण अफ्रिकासँगकाे खेलमा डेब्यु गर्दै इस्लामिक 'हेडस्कार्फ' हिजाब लगाएकी हुन् । याे खेलमा माेरक्काेले दक्षिण काेरियालाई १–० गाेलले हरायाे । विश्व फुटबलको सर्वोच्च निकाय 'इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल' (फिफा) ले सन् २०१४ मा धार्मिक कारणबाट शिर ढाक्ने अनुमति दिएकाे थियाे ।

    महिला विश्वकप फुटबलमा याे वर्ष माेरक्काेसहित ८ वटा टिमले डेब्यु गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend