नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

images
  • 214
    SHARES
  • श्रावण १४, २०८० आइतबार
    नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण
    images

    १४ साउन

      नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आईतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।

    Nagarik-Unmukti-and-Nepal-sadbhawana-aprty-united-release.jpg

    एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए ।

    उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिवन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए । नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए ।

    एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    हेर्नुहोस् नाउपा र नेसपाको संयुक्त विज्ञप्ति : 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend