साउन १६
नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सोमबार सम्बोधन गर्दै सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने जिकिर गरे ।
गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न यता उता देखाउने र ‘टार’ र ‘कोट’ को कुरा गरेको आरोप लगाए । सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने बताए ।



