सोलुखुम्बुमा छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद

images
  • 101
    SHARES
  • श्रावण १६, २०८० मंगलबार
    सोलुखुम्बुमा छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद
    images

    सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।

    बालिका करणीमा २५ वर्ष, हाडनाता करणीमा २५ वर्ष र हतियार देखाइ करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो । पुरुष विरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । तीन वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताउनुभयो ।

    मुद्दा अहिले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा साधक जायरका लागि पेस भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend