तनहुँको मानुङमा भरुवा बन्दुकले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

images
  • 369
    SHARES
  • श्रावण १७, २०८० बुधबार
    तनहुँको मानुङमा भरुवा बन्दुकले हानेर श्रीमानले गरे श्रीमतीको हत्या
    images

    तनहुँ,

    व्यास नगरपालिका-५ मानुङमा भरुवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्।सोही ठाउँका ५६ वर्षीय श्रीप्रसाद आलेमगरले श्रीमती ४७ वर्षीय गिता आलेमगरको हत्या गरेका हुन्।

    राती करिब ११ बजेको समयमा भरुवा बन्दुकले हानेर गम्भीर घाइते भएको गितालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

    श्रीप्रसाद आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रनाउ खाँणले भने"घरायसी झगडाका कारण घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,घटनाबारे अनुसन्धान गरिरहेका छौं।निजलाई राती नै पक्राउ गरिसकेको छ।"

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend