विश्वविद्यालय बनाउन प्रस्ताव गेटा मेडिकल कलेजलाई

images
  • 93
    SHARES
  • जेठ १८, २०७९ बुधबार
    विश्वविद्यालय बनाउन प्रस्ताव गेटा मेडिकल कलेजलाई
    images

    काठमाडौं 

     सांसद दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन् । 

    aaa.jpg

     

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि भए पनि गेटा मेडिकल कलेजलाई प्रतिष्ठान होइन राष्ट्रिय चिकित्सा शिक्षा विश्वविद्यालय बनाउनुपर्ने बताए । 

    ‘देशमा चार दर्जन मेडिकल कलेज र सातवटा प्रतिष्ठान छन्,’ उनले भने, ‘अब सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउँ ।’

    धनगडीमा मेडिकल कलेज खोल्नुभन्दा गेटालाई विश्वविद्यालय बनाउनु उचित हुने उनको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend