सामाखुशी खोलामा बेपत्ता बालकको शव फेला

images
  • 455
    SHARES
  • श्रावण १८, २०८० बिहीबार
    सामाखुशी खोलामा बेपत्ता बालकको शव  फेला
    images

     साउन १८-
    काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । उनी सानउ ७ गते खेल्न जाने क्रममा खोलामा खसेका थिए ।

    सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

    उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend