देवघाट तनहुँ:अञ्जली बोटे
तनहुँको देवघाट गाउँपालिकाको बाल संञ्जाल भवनमा आज महिला लघुवित्त वित्तीय संस्था लि.शाखाको आयोजनामा महिला लघुवित्त वित्तीय संस्था लि को गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण वहादुर कुँवरले उपस्थित महिला दिदिबहिनीहरुलाई अनावश्यक रूपमा भएका खर्चहरुलाई कम गरि दैनिक बचत गर्ने बानी बसाल्नु पर्ने आग्रह गर्नुभयो।

साथै वडा अध्यक्ष कुँवरले कुनै पनि संघ संस्था बाट ॠण (कर्जा) लिने बेलामा घर सल्लाह गरि ॠण लाई उचित व्यवसायमा लगानी गरि आफ्नो आर्थिक उन्नति लाई सबल बनाउन सकिने समेत बताउनुभयो। सो गोष्ठी तथा साक्षरता तालीमको उद्देश बिषयकमा कार्यक्रमका विशिष्ट अतिथि केन्द्रिय कार्यालयका सुपरिवेक्षक तथा निरीक्षक बिभागका प्रमुख बुद्धि सागर न्यौपानेले लघुवित्त वित्तीय संस्था लि को नियम,कर्जा र बैङ्गकिङ्ग शिक्षाको बिषयमा प्रशिक्षण दिनुभएको थियो।

तेस्तै सो साक्षरता तालीममा महिला लघुवित्त वित्तीय संस्था लि देवघाटका प्रमुख रबिन दाहाल लघुवित्त वित्तीय संस्थाको काम,कर्तव्य,जिम्मेवारी र कालो सुची सम्बन्धि प्रशिक्षण दिनुभएको थियो। हाल महिला लघुवित्त वित्तीय संस्था लि.देवघाट शाखामा कर्जा तर्फ ८ करोड ४४ लाख र बचत तर्फ २ करोड ८३ लाख रहेको छ।

सो संस्थामा १ हजार ७१ जनाले सेवा लिएका छन्। साक्षरता तालीममा केन्द्र प्रमुख र उप प्रमुख गरि ६५ जनाको सहभागीता रहेको थियो। कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर लगाएतको उपस्थिति रहेकोे थियो।साथै सो शाखाका कर्मचारी कारण कुमार सिङ्ताङ्गले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने केन्द्र न:१ का केन्द्र प्रमुख देव कुमार सिवाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।



