आँखा पाक्ने रोग फैलिएपछि देवघाटको होलिल्यान बोर्डिङ स्कुल बन्द

images
  • 378
    SHARES
  • श्रावण २२, २०८० सोमबार
    आँखा पाक्ने रोग फैलिएपछि देवघाटको होलिल्यान बोर्डिङ स्कुल बन्द
    images

    देवघाट साउन २२

    आँखा पाक्ने रोग फैलिएपछि देवघाटको होलिल्यान बोर्डिङ स्कुल दुई दिनका लागि बन्द भएका छन् ।

    स्कुलमा ५० प्रतिशत भन्दा बढि विद्यार्थीहरूमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गरिएको होलिल्यान बोर्डिङ स्कुलका प्रधानाध्यापक सन्तोष मिश्रले बताए । मिश्रले सानासाना विद्यार्थीहरूमाआँखा पाक्ने रोग छिटोछिटो फैलिने हुदाँ २२ गते सोमबार र २३ मंगलबार दुई दिन विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए ।

    देशका धेरै ठाउँमा अहिले आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । डाक्टरले आँखामा कुनै समस्या देखिए अस्पताल जान र आफूखुशी जथाभाबी औषधि नहाल्न सुझाव दिँदै आएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend