आँखा पाक्ने रोग अर्थात् भाईरल कंजक्टिभाइटिस अहिले नेपालभर विभिन्न जिल्लाहरुमा देखिरहेको छ । सोही समस्यालाई समाधान गर्न एमएसडिटिद्वारा आँखा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । चितवनमा बिद्यालय बन्द भएको पहिलो दिन नै भरतपुर महानगरपालिका भित्र आफ्नो छुट्टै नाम कमाउन सफल शैक्षिक संस्था एमएसडिटि समुहले भरतपुर आखाँ अस्पताल चिजकुमार विष्णु कुमारी श्रेष्ठ बहिरंग विभाग भरतपुर हाईटका ईन्चार्ज दृष्टि विशेषज्ञ सुमन श्रेष्ठबाट सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै प्रमुख बक्ता श्रेष्ठले यदि आँखा पाकेमा नआत्तिन आग्रह गर्दै सावधानी अपनाउनेबारे सचेतना दिनुभएको थियोे । श्रेष्ठले आँखा स्वास्थ राख्न दिनुभएको सल्लाह पालना गर्न र घरपरिवारमा समेत यसको बारेमा बताउने कार्यक्रममा सहभागी विद्यार्थीलाई बताएका थिए ।
त्यस्तै गरि कार्यक्रममा बोल्दै बिद्यार्थी वर्षाद पौडेल र सुजिता मरेटाले यस महामारीको बेलामा यस्तो कार्यक्रम गरेकोमा संस्थालाई धन्यवाद समेत व्यक्त गरेका थिए भने सो तालिममा शिक्षक र विद्यार्थी गरि जम्मा ३५ जना सहभागीता रहेका थिए ।भने सचेतना कार्यक्रम नारायणी पब्लिकको सभाहलमा भएको संस्थाको प्रमुख सुनिल मरेटाले जानकारी दिनुभयो ।



