चितवनका तामाङ र मगर समुदायले बुझाए सिडिओलाई ज्ञापनपत्र

images
  • 165
    SHARES
  • श्रावण २३, २०८० मंगलबार
    चितवनका तामाङ र मगर समुदायले बुझाए सिडिओलाई ज्ञापनपत्र
    images

    विवादित अभिब्यक्ति दिने अधिबक्ता भगवती पाण्डे र गत साउन १७ गते टेकु प्रहरी परिसरमा घटेको घटनाका दोषी प्रहरीलाई कारबाहीको माग गर्दै चितवनका तामाङ तथा मगर समुदायले ज्ञापन पत्र बुझाएका छन । सोमबार बिरोध प्रदर्शनसहित  प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई सम्बोधन गरि ज्ञापन पत्र बुझाइएको हो । 

    ज्ञापनपत्रमा तामाङ तथा मगर समुदायलाई अपराधीकरण गर्दै अभिब्यक्ति दिने पाण्डेलाई हदैसम्मको कारबाही गरिनुपर्ने, साउन १७ गते टेकु प्रहरी परिसरमा अभियान्ताहरुलाई अमानवीय यातना दिने दोषी प्रहरीमाथि कारबाहि गरिनुपर्ने र घाइते भएका दर्जनौ अभियान्ताहरुको स्वास्थ्य उपचार सरकारले निशुल्क गराउनुपर्ने माग गरिएको छ । 

    ज्ञापनपत्र बुझाउँदै नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङले संघर्षका कार्यक्रम नरोकिने बताए । उनले पाण्डे र प्रहरीलाई कारबाहिको दायरामा नल्याए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताए । 

    सो क्रममा पुर्वमन्त्री तथा लोकतान्त्रिक तामाङ संघका केन्द्रिय अध्यक्ष दावा लामाले पाण्डेलाई कारबाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरिनु गणतन्त्रमाथीकै उपहास भएको बताए । उनले पाण्डे र याताना दिने प्रहरीलाई समेत तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे । 

    ज्ञापन पत्र बुझाउन घेदुङ तथा मगर संघका नेताहरुसहित कलाकार, अभियान्तालगायत सयौँको संख्यामा उपस्थित भएका थिए । उनीहरुले पारस बसपार्क हुदैँ जिल्ला प्रसाशन कार्यालयको मुलगेटमा पुगेर केहिबेर नाराबाजीसमेत गरे । 

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्ञापनपत्र बुझ्दै तत्काल गृहमन्त्रीसमक्ष पुर्याइने बताए । माग का बिषयमा सरकार गम्भीर रहेको सन्देश उनले दिए । 

    363833936_819717183135749_7969272381921072847_n.jpg144421293359798833_1489313341821913_4148121699621839441_n.jpg364179442_669181295253602_4877737156099381754_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend