पृथ्वीराजमार्गको दमौली-डुम्रे सडकखण्ड अन्र्तगत व्यास १२ देउरालीमा पृथ्वीराजमार्ग भासिएको छ । सडक बिस्तारको क्रममा सडकको दुवै तर्फ खनिएको स्थानमा खाल्डो परेको र गएराती देखि परेको अविरल वर्षाका कारण राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
राजमार्ग भासिदाँ सवारी आवगमन एकतर्फी रुपमा मात्र सञ्चालन हुन पुगेको छ । एकतर्फी रुपमा सवारी आवगमन हुँदा राजमार्गमा सवारी साधनहरु रोकिन पुगेका छन् । मंगलबार बिहान साढे ११ बजेको समयमा जिल्लाको देउराली स्थित पृथ्बी राजमार्ग सडक खण्ड भासिन गई सडक अबरुद्ध रहेकोमा हाल एक तर्फि मात्र सुचारु रहेको तर ठुला सवारी साधन क्रस हुन नसक्ने प्रहरीले जनाएको छ ।



