एमाले संसदमा गृहमन्त्रीको जवाफ सुन्न तयार

images
  • 52
    SHARES
  • श्रावण २३, २०८० मंगलबार
    एमाले संसदमा गृहमन्त्रीको जवाफ सुन्न तयार
    images

    download.jpg२३ साउन, काठमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ ।

    संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीच बालुवाटारमा  छलफल भएको थियो । बैठकमा एमालेले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्यायो । तर प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएनन् ।
    एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन । बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न प्रयास गरेको उनले बताए ।

    अहिले बाढी पहिरो लगायतका विषयमा सांसदहरुले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले आजको संसद बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको छ । यो बेला उपप्रधान तथा गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिए सुन्ने एमालेले बताएको छ ।

    एमाले सचेतक बर्तौलाले भने, उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने  संसद बैठक अगाडि जान्छ । त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं र उच्चस्तरीय छानबिनको माग गर्छौं ।
    प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend