सांसद पक्राउबारे कांग्रेले भन्याे– ‘पार्टीकाे धारणा पछि सार्वजनिक गर्नेछाैँ’

images
  • 156
    SHARES
  • श्रावण २५, २०८० बिहीबार
    सांसद पक्राउबारे कांग्रेले भन्याे– ‘पार्टीकाे धारणा पछि सार्वजनिक गर्नेछाैँ’
    images

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद सुनील शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताउनुभएको छ ।

    बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि धारणा बनाउने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सुनील शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ । के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्नेबारेमा जानकारी लिइरहेका छौँ । त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्ने कुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ । हाउस चलिरहेको बेलामा देवानी मुद्दामा पक्राउ गर्न पाइँदैन, सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइने हो । कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिनेछौँ ।’

    नक्कली शैक्षिक प्रमाणपत्रकाे आराेपमा सांसद शर्मालाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो सीआईबीको टोलीले पक्राउ गरेको हो । उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend