तनहुँ
देवघाटमा जनतासँग माननीय र माननीय सँग जनताको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज भएको सो अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद माननीय डा.स्वर्णिम वाग्लेले देवघाट गाउँपालिका आएर देवघाटका जनतासँग अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रिया कार्यक्रममा वाग्लेले जनताका गुनासा र आवश्यकता के छ उक्त विषयमा छलफल गरेका थिए भने उपस्थित देवघाटबासीले देवघाटको विकास निर्माण र अन्य समस्याहरुको बारेमा माननीय डा. वाग्लेलाई ध्यानाकर्षण गराएका थिए ।

साथै भेट्न र आफ्ना कुरा राख्न माननीय डा.वाग्लेको कुरा सुन्न देवघाट गाउँपालिकाको सिटि हलमा देवघाटबासीको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्पूर्ण देवघाटवासीलाई ५२ महिना बाकी छ धैर्य गरीदिन अनुरोध समेत गर्दै अहिले संसदमा गएर काम गर्नु पर्ने भएको हुदाँ बजेट अलि कम आएको हो पहिलो वर्ष अनुभव बटुलेर बाकी चार वर्षमा देखिने काम गर्ने वाग्लेले प्रतिवद्वता जनाएका थिए ।

वाग्लेले गुनासो र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै तनहुँको देवघाटलाई पहिलो प्राथमिकता राखी बिकास गर्ने बताए । मंसिरमा जितेर गएको भए पहिलो वर्ष नै बजेट ल्याउन सकिन्थ्यो तर उपनिर्वाचनबाट विजयी भएको हुदाँ समय अलि कम भएर बजेट कम ल्याएको वाग्लेले जानकारी गराए । वाग्लेले देवघाटको विकास निर्माणको बारेमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । उनले देवघाटलाई धार्मिक पर्यटनलाई आकर्षकको केन्द्रको रूपमा अगाडि बढाउन आफुले पहल गर्ने समेत बताए ।

संघीय सरकार र स्थानीय तहको समन्वय बिना कुनै पनि योजना सार्थक नहुने सांसद वाग्लेको भनाई छ । विकासमा अन्य स्थानीय तह भन्दा देवघाट पछाडी परेको भन्दै उनले देवघाटलाई विकासको मुलधारमा ल्याउने प्रतिबद्धता जनाए । देवघाटमा राष्ट्रिय गौरबको आयोजना ल्याउने पहल गर्ने सांसद वाग्लेले बताए । जनताबाट उठान भएका विषयमा छलफल आयोजना सम्पन्न नभएको र जता आवश्यक बढी छ त्यतै बजेट माग गर्ने बताउदै आफुले इमानदारिताका साथ काम गर्ने प्रतिवद्वता गरे। गोबिन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा रास्वपाका देवघाट संयोजक बल बहादुर क्षेत्रीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने राधादेवी खनाल,याल बहादुर गुरूङ,केशव चन्द्र न्यौपाने,टुकनाथ अधिकारी,ऋषिराम सुवेदी,शुकु गुरूङ,पदम बहादुर गुरूङ,बैकुण्ठ न्यौपाने,लगाएत १५ जनाले देवघाटको समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए ।



karishma gurung

