साउन २८–
युवा तथा बालबालिकालाई लक्षित गर्दै लायन जीतबहादुर पिया व्यावसायीक तालीम केन्द्रद्वारा संचालीत ‘निःशुल्क पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रम’को पहिलो चरण सम्पन्न भएको छ ।
नारायणगढ लायन्स क्लब र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा प्रत्येक हप्ता शनिबारको दिन संचालित उक्त कार्यक्रम ५२ हप्ता (१ बर्ष) पार गरि ५३ औं हप्तामा संचालन भएपछि पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । नारायणगढ लायन्स र लायन जीतबहादुर पिया व्यावसायीक तालीम केन्द्रले सीपमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि क्लवले पेन्सिल आर्ट कार्यक्रमको सुरुवात गरेको थियो ।
कार्यक्रममा नारायणी कला मन्दिरका अध्यक्ष सुबिर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने लायन जीतबहादुर पिया व्यावसायीक तालिम केन्द्रले हालसम्म गर्दे आईरहेको काम र पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रम बारे लायन प्रभात कुमार जोशीले प्रकाश पारेका थिए । कार्यक्रममा पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रमका प्रशिक्षकहरु बरुणबाबु घिमिरे, प्रमेश कडेंल, सन्तोष श्रेष्ठ, सन्तोष खप्तरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन शान्तकुमार पियाले धन्यवाद ज्ञापन गरेका थिए भने लायन सुरेश कुमार श्रेषठले कार्यक्रम संचालन गरेका थिए ।



