देवघाट तनहुँ:जेष्ठ १७ आशिक राना
तनहुँको देवघाट गाउँपालिकाको सभा हलमा आज लैङ्गिक हिंसा, सामाजिक कुरिति तथा अन्धविश्वास रोकथामका लागि सचेतना तथा बालअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाई देवघाटको आयोजनामा भएको सो अभिमुखिकरण कार्यक्रम हिजो १७ गते बाट सुरु भइ आज १८ गते एक कार्यक्रमको बीच समापन भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले समाजमा घटिरहेको लैङ्गकि हिंसालाई अत्य गर्नको लागि समुदायमा रहेका सवै संघ संस्था संग समन्वय गरि देवघाट गाउँपालिका र आफ्नो ब्यक्तिगत तर्फबाट कुनै कसर नराखी अगाडी बढ्ने बताउनुभयो।

साथै अध्यक्ष थापाले महिला दिदिबहिनीको शिक्षा र क्षेमताको बिकास गर्ने र समुदायमा आत्मनिर्भर बनाई अगाडी बढाउने समेत बताउनुभयो। तेस्तै:कार्यक्रममा देवघाट गाउँपालिका वडा ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुवँरले महिला दिदिबहिनीहरुलाई लक्ष्यित यस दुईदिने सचेतना कार्यक्रमले महिलाहरुको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो।

साथै वडा अध्यक्ष कुवँरले महिला दिदिबहिनीहरुको मनोभावनालाई बुझेर आफु अगाडी बढ्ने र ५ नम्बर वडाको बिकासको निम्ति सवै संग समन्वय गर्ने समेत बताउनुभयो। कार्यक्रममा देवघाट ५ वडा सदस्य कमला गुरुङ,सरस्वती परियार,देवघाट गाउँपालिका लेखा अधिकृत उमानाथ ढकाल,देवघाट प्रशासन अधिकृत गोविन्द प्रसाद पौडेल,देवघाट महिला सञ्जालका अध्यक्ष सावित्री न्यौपाने,देवघाट रोजगार शाखा संयोजक ध्रुव आचार्य,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त लगाएतको उपस्थिति रहेकोे थियो भने देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो।




