साउन ३२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेका छन् । भदौ १५ अघि विभाग गठन गर्ने देउवाको तयारी छ । केन्द्रीय कार्यसमिति बैठकले भदौ १५ भित्र विभाग गठन गर्न सभापति देउवालाई कार्यादेश दिएको छ ।
विश्वकर्माले नेतृत्व गरेको प्रचार विभाग अहिले ४२ जना सदस्यीय रहेको छ । साउन १० को केन्द्रीय कार्यसमिति बैठकले २२ वटा नयाँ विभाग थपेको छ । कांग्रेसमा अब ६९ विभाग गठनको तयारी भइरहेको छ । पार्टी विधान अनुसार ती विभाग बढीमा ५१ सदस्यीय रहने प्रावधान छ ।
संयोजक, उपसंयोजक, सचिवसहित एउटै विभागमा ५१ जना नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था छन् । सबै विभागलाई पूर्णता दिँदा ३५ सय ७० जना नेता–कार्यकर्ताले तत्काल जिम्मेवारी पाउने देखिन्छ । कांग्रेसमा १२ औं महाधिवेशनपछि विभागहरु पूर्णरुपमा सक्रिय नभएको नेताहरु बताउँछन् ।
कांग्रेसको संस्थापन इतरका रुपमा मानिने शेखर कोइराला र गगन थापा समूहले ७० वटा विभागमध्ये २८ मा दाबी गरेको छ । उक्त समूहले विभागमा ४० प्रतिशत हिस्सा खोजेको छ ।
देउवाले शेखर–गगन समूहलाई विभागमा ४० प्रतिशत हिस्ता दिए उनी निकट सबै जसो केन्द्रीय सदस्यले विभागीय जिम्मेवारी पाउने देखिन्छ । देउवा पक्षले बढीमा १५ वटा विभाग प्रमुख दिन सकिने संकेत गरेको छ ।
केन्द्रीय समितिमा संख्याको प्रतिशतका आधारमा विभाग प्रमुख दिइने देउवा पक्षीय एक पदाधिकारी बताए । केन्द्रीय समितिमा देउवाको ८२ र कोइराला पक्षको १८ प्रतिशतको हाराहारीमा उपस्थिति छ ।



