राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलहरुबीच नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा काले काले मिलेर खाऊँ खाऊँ भाले गर्न खोजिएको टिप्पणी गरेका छन् । अनुसन्धानलाई नियमित बनाएर संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्न लागिएको आशंका व्यक्त गरे ।
अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गरेर आफू निकटका व्यक्तिहरूलाई ल्याएर बाँकी फासफुस पार्ने खोजिएको उनको आरोप छ।



