श्रमिकको न्यूनतम पारिश्रमिक एक घण्टाको ९५ रुपैयाँ पाउने गरी बढ्यो

images
  • 112
    SHARES
  • भाद्र १, २०८० शुक्रबार
    श्रमिकको न्यूनतम पारिश्रमिक एक घण्टाको ९५ रुपैयाँ पाउने गरी बढ्यो
    images

    भदौ १

    सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रहेको र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ ।

    अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६६८ रुपैयाँ पारिश्रमिक पाउने छन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् ।

    चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend