चितवन
भरतपुर महाननगरपालिका १६ शिवघाट स्थित बर्ष २० का सिजन बिक नारायणीमा पौडी खेल्ने क्रममा डुबि बेपत्ता भएका छन् ।आज भदौ १ गते दिउँसो ३ बजेको समयमा नारायणीमा डुबि बेपत्ता भएका बिकको वडा प्रहरी कार्यालय नारणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा बिपद व्यवस्थापन सहितको टोलि घटना स्थलमा पुगि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका थिए।



