प्रतिमा खत्री चितवन
नारायणी नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो पौडी खेल्न गएका भरतपुर महाननगरपालिका वडा नम्बर १६ शिवघाटका २० वर्षीय सिजन विक बेपत्ता भएका हुन् ।
दिउँसो करिब ३ बजेको समयमा नारायणीमा डुबेर बेपत्ता भएका विकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय नारणगढबाट प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापनसहितको टोली खोजी कार्यमा जुटेको छ।



