आजभन्दा ११ वर्षअघि सुरु भएको गुरुङन्युज डटकम पुनः अनलाइन माध्यममार्फत प्रकाशन

images
  • 166
    SHARES
  • भाद्र २, २०८० शनिबार
    आजभन्दा ११ वर्षअघि सुरु भएको गुरुङन्युज डटकम पुनः अनलाइन माध्यममार्फत प्रकाशन
    images

    तमू (गुरुङ) सञ्चारकर्मी संघ,नेपालको मुखपत्रको रुपमा आजभन्दा ११ वर्षअघि सुरु भएको गुरुङन्युज डटकमलाई आजदेखि पुनः अनलाइन माध्यममार्फत प्रकाशन थालेका छौं । विगतमा प्राविधिक कारणले स्थगित रहेको अनलाइन संस्करणलाई संस्थाको मुखपत्रको रुपमा पुनः तपाईहरुमाझ पस्कन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ ।

    हामीले मुखपत्रको रुपमा अनलाइन संस्करण मात्र नभई वार्षिक रुपमा तमू वर्ष पुस्तक समेत प्रकाशन गर्दै आएको छ । यो प्रक्रियालाई हामीले निरन्तरता दिएका छौं । हाम्रो सामुदायिक सकारात्मक समाचारलाई प्राथमिकता दिँदै संस्थागत गतिविधि यो अनलाइनमार्फत प्रस्तुत गर्नेछौं । यसका साथै विश्वमा छरिएर रहेका तमूहरुको साझा सञ्चार माध्यमको रुपमा यसलाई विकसित गर्दै लैजाने उद्देश्य राखेका छौं ।

    तमूहरुको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्पराका साथै सम्पूर्ण गतिविधिहरु यो अनलाइनमार्फत हामीले विश्वमा पुर्याउने उद्देश्य राखेका छौं । त्यसैले यो अनलाइन गुरुङहरुको मुखपत्र (मुखअनलाइन) बन्नेमा हामी पूर्णतः विश्वस्त छौं । अतः सम्पूर्ण तमू लगायत आम नागरिकले सूचनाको आदान प्रदान गर्दै साथ सहयोगको अपेक्षा गरेका छौं ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend