प्रथम देवघाट कपको उपाधि स्याउली फुटबल क्लवलाई

images
  • 495
    SHARES
  • भाद्र २, २०८० शनिबार
    प्रथम देवघाट कपको उपाधि स्याउली फुटबल क्लवलाई
    images

    प्रतिमा खत्री, तनहुँ

    स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ एफसी देवघाटको आयोजनामा प्रथम देवघाट कप 7 "A"side खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि स्याउली फुटबल क्लव देवघाटले उचालेको छ। आज भएको फाइनल खेलमा स्याउली फुटबल क्लबले ज्योति युवा क्लब गाैरिगंञ्ज भरतपुर ८ लाइ २-० गोल गर्दै विजयी भएको थियो।

    367486894_280317957968159_6016110003763799309_n.jpg

    सो प्रतियोगितामा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, बिशिस्ट अतिथि पालिका उपाध्यक्ष भुवन सिं गुरुङ र कार्यक्रमका विषेश अतिथि सेन्ट्रल कलेजका प्रीन्सिपल यज्ञविलास पौडेल लगायतको उपस्थितिमा प्रथम स्याउली फुटबल क्लब देवघाट र द्वितिय ज्योति युवा क्लब गाैरिगंञ्ज भरतपुर ८ लाई क्रमशः नगत ५० हजार र नगत ३० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। तनहुँ,चितवन र नवलपरासी जिल्लाहरु बाट गरी ४१ टिमको सहभागी रहेको सो प्रतियोगिता यहीँ साउन २५ गते बाट भदौं २ सम्म सञ्चालन भएको थियो।367452503_280321191301169_5321080345703119213_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend