देवघाट भदौ २
नेपाल भारत आदिवासी जनजाती मैत्री संघद्वारा देवघाट गलेश्वर आश्रममा भोजन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ७७ औँ स्वतन्त्र दिवसको अवसरमा पवित्र देवघाटधाममा अवस्थित गलेश्वर आश्रममा अमृत भोजन तथा शुभकामना कार्यक्रम गरिएको संघका अध्यक्ष बिनोद कुमार गुरूङले बताए ।

सो कार्यक्रममा प्रमुख अतिथि नवीन श्रीवास्तव भारतीय राजदुतावासका राजदुतले कार्यक्रममा उपस्थिति हुन नसकेपनि चिठी मार्फत कार्यक्रमलाई सफलताको शुभकामना दिदैँ शुभकामना सन्देशमा भारतीय राजदुतले नेपाल भारत आदिवासी मैत्री संघद्वारा आदिवासी जनजातिहरुलाई आपसी सामाजिक हितलाई मजबुत बनाउदै धर्म संस्कार र संस्कृतिको संरक्षणको लागि आफूले विशेष पहल गर्ने जानकारी गराउनु भएको थियोे । सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले व्यानर पढेर उद्घाटन गर्दै भारतको स्वतन्त्र दिवसको अवसरमा आयोजित यस कार्यक्रमले राम्रो संकेत दिएको बताए ।

उपाध्यक्ष गुरूङले "चार जात छत्तीस वर्ण" रहेको देश नेपालमा अहिले यो कार्यक्रमले राम्रो सूचना दिएको बताउदैँ सहकार्य र समन्वय गरेर अगाडि बढ्न आतुर रहेको समेत बताएका थिए । साथै गुरूङले देवघाटलाई नेपालीको मात्रै हैन देश कै पवित्र तिर्थस्थलको रूपमा प्रख्यात बनाउन अगाडि बढेको जानकारी गराए । बटुकहरूले स्वस्तिवाचन गरेका थिए ।

राजनैतिक विश्लेषक तुलसीराम आचार्य,वडा नम्बर ५ सदस्यहरु कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,सरस्वती परियार देवघाट क्षेत्र विकास समितिका सदस्यहरू दिनानाथ न्यौपाने ,हरि प्रसाद पौडेल ,गलेश्वर आश्रमका सचिव महेन्द्र प्याकुरेल लगाएत समाजसेवी व्यक्ति,सुरक्षाकर्मी एवम् आश्रमका बटुकहरूको उपस्थिति रहेको थियो । भने सो कार्यक्रमको सहजीकरण देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतीले गर्नु भएको थियो ।



