अर्थमन्त्री शर्मा : सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो

images
  • 80
    SHARES
  • जेठ १८, २०७९ बुधबार
    अर्थमन्त्री शर्मा  :  सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो
    images

    काठमाडौं 

    अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ  दिएका छन् । 

    bbb.jpg

     

    राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए । 

     

    समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए ।  

     

    साथै मदन भण्डारी रंगशाला निर्माणको कामअघि बढिरहेको उनले बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend