तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनद्वारा आयोजित गुरूङ भाषा प्रशिक्षण सकियो

images
  • 167
    SHARES
  • भाद्र ३, २०८० आइतबार
    तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनद्वारा आयोजित गुरूङ भाषा प्रशिक्षण सकियो
    images

    भरतपुर 

    तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको १५ दिने तमू (गुरूङ) भाषा कक्षा आइतबार सकिएको छ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रय परिषद्, चितवन र ह्युल छोँज धीँ र तमूस्यो ह्युल छोँज धीँको भरतपुर महानगर समितिसँगको सहआयोजनामा भएको भाषा प्रशिक्षण तमू ह्युल छोँज धीँको बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।

    369166594_1705067356654798_5279825743214376400_n.jpg

    पत्रकार तुलमान गुरूङ, सञ्चारकर्मी सीतादेवी गुरूङ र तमू ह्युल छोँज धीँ चितवनकी कार्यसमिति सदस्य उमिता गुरूङले प्रशिक्षण दिएको तालिममा ५० जना सहभागी थिए । 
    पछिल्लो समय बसाइसराइका क्रममा आफ्नो किलोथलो छाडेसँगै भाषा पनि बिर्सँदै जाँदा हरेक जातिको भाषा संरक्षण चुनौतीको विषय बन्दै गइरहेको छ । यही क्रममा ह्युल छोँज धीँले चितवनका गुरूङ समुदायका लागि एउटा गौरवपूर्ण कार्यक्रम आयोजना गरेको गुरूङ अगुवाह?ले बताएका छन् । यसलाई निरन्तरता दिन पनि उनीह?ले आयोजकलाई सुझाएका छन् । ह्युल छोँध धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले भाषा कक्षा सञ्चालनको लागि वार्षिक कार्यक्रम नै बनाएर काम गर्ने योजना रहेको सुनाइन् । १५ दिने भाषा कक्षा सञ्चालनले उत्साह सिर्जना गरेको भन्दै यसलाई सरकारी तहबाटै बजेट माग गरेर काम गर्नुपर्ने सोचमा ह्युल छोँज धीँ अगाडि बढेको उनले बताइन् । 

    369263417_280755567924398_1704412934270033147_n.jpg
    कार्यक्रममा ह्युल छोँज धीँ चितवनका निवर्तमान अध्यक्ष एवम् वागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, चितवन जिल्लाका पूर्वअध्यक्षह? चन्द्रमान गुरूङ, पदमबहादुर गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङलगायतले मन्तव्य राखेका थिए । 
    भाषा प्रशिक्षणमा मनकुमारी प्रथम साउन २१ गतेदेखि १५ दिनसम्म सञ्चालन भएको भाषा कक्षामा भरतपुर–११ की मनकुमारी घले प्रथम भएकी छन् । शनिबार लिइएको परीक्षामा ५० जना प्रशिक्षार्थी सहभागी हुँदा भरतपुर–११ कै कविता गुरूङ द्वितीय, भरतपुर–१६ का टेकबहादुर गुरूङ तृतीय र भरतपुर–२२ की रनकुमारी गुरूङले सान्त्वना स्थान हासिल गरेका छन् । 

    367464809_280760717923883_4940129571764108807_n.jpg
    परीक्षामार्फत उत्कृष्ट स्थान हासिल गर्न सफल चार जनालाई समापन समारोहको अवसरमा आइतबार पुरस्कारस्व?प मायाको चिनो प्रदान गरिएको छ । सोही अवसरमा प्रशिक्षार्थीह?ले पनि प्रशिक्षकह?लाई सम्मानस्व?प मायाको चिनो प्रदान गरेका थिए । आयोजकका तर्फबाट पनि प्रशिक्षार्थी तथा प्रशिक्षकह?लाई कदरपत्र प्रदान गरेको थियो । १५ दिनसम्म सहभागीह?लाई पत्रकार तुलमान गुरूङ, सञ्चारकर्मी सीतादेवी गुरूङ र उमिता गुरूङले प्रशिक्षण दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend