भदौ ४
रोटर्याक्ट क्लव अफ चितवनको ३०औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो।
क्लबका सचिव बिपाशा घिमिरे र सदस्य प्रजू पौडेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पियाले सन् १९९४ मा रोटरी क्लब चितवन मार्फत यस रोटर्याक्ट क्लव अफ चितवनका स्थापनाको दिन सम्झदै क्लब गरिमामय ३० औं पदस्थापना सम्म आईपुग्नू एउटा इतिहास भएको बताए । उनले क्लब मार्फत व्यक्तित्व विकाश र आफ्नो सिप, क्षमता बिकासमा लाग्न उपस्थित युवाहरुलाई मार्गनिर्देश दिए ।



