मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी

images
  • 156
    SHARES
  • भाद्र ५, २०८० मंगलबार
    मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी
    images

    भदौ ५

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

    साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएपछि फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उक्त महिलाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।
    उनको फेसबुक स्टाटस हेर्नुहोस्ः

    साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend