रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी: कांग्रेस नेता विश्वकर्मा

images
  • 346
    SHARES
  • भाद्र ५, २०८० मंगलबार
    रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी: कांग्रेस नेता विश्वकर्मा
    images

    नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गर्नुभएको छ ।

    आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता विश्वकर्माले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिरसमेत गर्नुभयो । समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उहाँको भनाइ थियो । नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई नागरिककाे सेवा गर्ने काममा केन्द्रित भइरहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । हाम्रो पार्टी समाजमै छ र केही पार्टी सामाजिक सञ्जालमा छन् । प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक नागरिकसँग काम गर्न जाने ?’

    नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलनासमेत गर्नुभयाे । उहाँले नागरिककाे बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस देशको सबैभन्दा ठूलो दल बन्न सफल भएको जिकिर गर्नुभयाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend