घट्न थाल्यो गोलभेडाको मूल्य

images
  • 305
    SHARES
  • भाद्र ६, २०८० बुधबार
    घट्न थाल्यो गोलभेडाको मूल्य
    images

    भदौ ६

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडाको मूल्य घट्न थालेको छ । समितिको वेभसाइटमा राखिएको मूल्य सूचीअनुसार पछिल्लो केही दिनमा गोलभेडाको मूल्य निरन्तर घटिरहेको हो ।

    आज कालिमाटीमा ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ छ । यस्तै, ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १४० रुपैयाँ र सानो लोकल गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ ।
    हिजो मंगलबार ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ र ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ छ । यसबाहेक, सानो गोलभेडा लोकलको थोक मूल्य ७९ रुपैयाँ प्रतिकिलो थियो ।

    यसबाहेक, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, बन्दा ४१ रुपैयाँ प्रतिकिलो, गाजरको थोक मूल्य ११६ रुपैयाँ प्रतिकिलो काउली प्रतिकिलो ८६ रुपैयाँ छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend