नेपालले कुवेतलाई दियाे ९० रनकाे लक्ष्य

images
  • 193
    SHARES
  • भाद्र ६, २०८० बुधबार
    नेपालले कुवेतलाई दियाे ९० रनकाे लक्ष्य
    images

    चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ९० रनकाे लक्ष्य दिएकाे छ । मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायाे । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।  

    शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend