सन्दीपविरुद्धको मुद्दाको पेशी यही भदौ १० गतेका लागि तोकियो

images
  • 136
    SHARES
  • भाद्र ७, २०८० बिहीबार
    सन्दीपविरुद्धको मुद्दाको पेशी यही भदौ १० गतेका लागि तोकियो
    images

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी यही भदौ १० गते आइतवारका लागि तोकिएको छ । सोहीदिन उनको पैmसलाको अन्तिम टुंगो लाग्नसक्ने बताइएको छ ।

    सफाइ पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारी सन्दीपले गरेको उनले अधिवक्ताले बताए । एक किशोरीलाई बलात्कार गरेको लागेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

    १७ वर्षकी एक किशोरील सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । 

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend