७ भदौ
एकीकृत समाजवादीले पार्टी सदस्यता लिनका लागि आवेदकले फोनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्ने भएको छ ।
मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने भएको छ ।
साथै, पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णय समेत एकीकृत समाजवादीको छ ।



