धरानवासीलाई मेयर हर्क राईकाे अपिल.....

images
  • 327
    SHARES
  • भाद्र ८, २०८० शुक्रबार
    धरानवासीलाई मेयर हर्क राईकाे अपिल.....
    images

    सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ ।

    पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै मेयर राईले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबै जना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न उहाँले धरानवासीलाई अपिल गर्नुभएको हो ।

    release_CxJo1KoW0f.jpg

    पछिल्लो समय धरानमा धार्मिक र सामाजिक विवाद बढ्दै गएको छ । हिजो बिहीवार पनि पाँच जना पूर्वमेयरहरूले विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend