८ भदौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले भने, ‘आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छ । त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ ।’
प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउँदै ओलीले भने, ‘हाम्रो सधैंको मान्यता त्यही हो ।’गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे सोधिएको अर्को जिज्ञासामा ओलीले त्यसलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी गरे ।



