एसिया कप खेल्न सन्दीप भोलि पाकिस्तान जाँदै

images
  • 414
    SHARES
  • भाद्र १०, २०८० आइतबार
    एसिया कप खेल्न सन्दीप भोलि पाकिस्तान जाँदै
    images

    भदौ १०

    क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

     
    अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् । यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend