विद्या भण्डारीले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं: केपी शर्मा ओली

images
  • 246
    SHARES
  • भाद्र १०, २०८० आइतबार
    विद्या भण्डारीले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं:  केपी शर्मा ओली
    images

    भदौ १०

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका छन् । कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका हुन् ।

    ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ?  कसरी रोक्छ?  हामी उहाँलाई निषेध गर्दैनौं ।’ पार्टीमा काममा सक्रिय हुने चाहना देखाए कसैले निषेध नगर्ने ओलीले बैठकमा नेता-कार्यकर्तामाझ प्रष्ट्याएका छन् ।
    ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । उहाँ आउँछु त भन्नुपर्‍यो । उहाँलाई सधैँ वेलकम छ’, ओलीले भने । एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताएका छन् ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend