भदौं १०
सामाजिक सञ्जालमार्फत् चितवनकी पूर्णिमाया गुरुङलाई अपमान गर्ने पूर्वसचिव भीम उपाध्याय र सन्तोष रिजाललाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न चितवनका गुरुङ समुदायले माग गरेका छन् ।
गुरुङ समुदायका दुई संस्था तमू हूाल छोज जी गुरुङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनले आज एक विज्ञप्ति प्रेषित गर्दे कारबाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा यी कार्यमा संलग्न भीम उपाध्याय र सन्तोष रिजाललाई तुरुन्त पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । पक्राउ नगरे विरोधका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।



