१२ भदौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ ।
मुर्झाएको जस्तो माओवादीको अवस्था बदल्न हिंसा बिनाको नयाँ जनयुद्ध सुरु गरेको र सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको उनको दाबी छ ।
‘यो देखेर प्रतिक्रियावादी, अवसरवादीहरु र अतिवादीहरु अलिबढी विक्षिप्त भएका छन् । उनीहरुको अभिव्यक्ति सुन्नुभयो, उनीहरुको गतिविधि हेर्नुभयो भने विक्षिप्त भएको राम्रैसँग देख्न र सुन्न सक्नुहुन्छ’ प्रचण्डले भने, ‘कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् ।’
सरकारविरुद्ध जति षड्यन्त्र ग¥यो, त्यति उनीहरु नै जनताको नजरमा गिर्दै जाने उनको दाबी छ ।
आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको उनले बताए ।



