भरतपुरका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारको अपिल

images
  • 504
    SHARES
  • भाद्र १२, २०८० मंगलबार
    भरतपुरका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारको अपिल
    images

    भदौं १२

    भरतपुर–२९ गाईघाट स्थित त्रिशूली नदी किनारमा पिकनिक खाना जादा नदीमा बेपत्ता भएका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

    भरतपुर–१० हिमाली पथका ३३ वर्षीय प्रजिन श्रेष्ठ र भरतपुर–१० सप्तगण्डकी चोकका ३४ वर्षीय अर्जुन प्रधानलाई खोजी गरिदिन उनीहरुको बुबा, दाई र दिदीले सार्वजनिक अपिल गरेका हुन् ।
    Bepatta.jpg
    परिवारले जारी गरेको सूचनामा भदौं ९ गते शनिबार भरतपुर–२९ भोर्ले गाईघाट क्षेत्रबाट दिनको ४ बजेको समयमा त्रिशूली नदीमा चिप्लेर खसेका साथी अर्जुनलाई जोगाउन जादा आफ्नो छोरा प्रजिन समेत नदीमा बगेको हुनाले खोजी कार्य गररहेकोमा अहिलेसम्म फेला नपरेकोले उनीहरुलाई नदी किनारमा वा कहीँ कतै देखेमा वा भेटेमा परिवारलाई सम्पर्क गर्न अपिल गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend