१३ भदौ, पाल्पा
पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेका छन् ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनामा परी घाइते हुनेमा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर रहेका प्रहरीले जानकारी दिएको छ ।



