एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

images
  • 110
    SHARES
  • भाद्र १३, २०८० बुधबार
    एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने
    images

    भदौ १३

    आजदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।

    समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend