निर्देशक प्रितम गुरुङलाई चलचित्र विकास बोर्डले ‘चलचित्र विशेष योगदान सम्मान’ बाट मंगलबार सम्मान गरेको छ ।
राजधानी काठमाडौंमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मानबाट सम्मानित गरेका हुन् । बोर्डको भदौ ७ को निर्णयअनुसार राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह–२०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानद्वारा उनीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । प्रितम तनहुँका हुन् ।
चलचित्र दीर्घ साधना सम्मानबाट भने २ जनामात्र लक्ष्मी गिरी र शिव सुन्दर श्रेष्ठ सम्मानित भए ।



