भदौ १५
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ।
हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए।



