पूर्वयुवराज पारस शाह अस्वस्थ

images
  • 327
    SHARES
  • भाद्र १६, २०८० शनिबार
    पूर्वयुवराज पारस शाह अस्वस्थ
    images

     भदौ १६–

    पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको खुलेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले पारसलाई ह्याम्सको इमरजेन्सीमा भर्ना गरिएको पुष्टि गरे । तर के भएको भन्नेबारे आफूलाई यकिन नभएको उनले बताए ।
    पारस शाह महाराजगन्जको चप्पल कारखाना नजिकै एक अपार्टमेन्टमा बस्दै आएका छन् । पारसको थप चेकजाँच जारी रहेको छ । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शुक्रबार दिउँसो अस्पताल पुगेका थिए।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend